काठमाडौं – स्वाथ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल बाहिर जस्ता देखिन्छन् भित्र भने त्यस्तो छैनन् । जनताको खपतका लागि सस्ता नारा र लोकप्रिय कार्यक्रमहरु घोषणा गरेर आफुलाई अरु भन्दा फरक र अब्बल देखाउन तलिन मन्त्री पौडेलको भित्री दाह्रा र नंग्रा भने अर्कै छ । विशेष गरेर स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितताको गहिरो स्वार्थ देखिएको छ ।
स्वास्थ मन्त्रालय अन्र्तगतका विभिन्न विभाग र अस्पतालहरुले खरिद गर्ने महंगा उपकरणहरुमा ठुलो आर्थिक चलखेल हुने गरेको मन्त्रालय स्रोतले जनाएको छ । त्यस्ता सामग्री खरिद गर्दा करोडौं कमिसन हात पार्ने गरि मापदण्ड बनाउन लगाई सामग्री खरिद गर्ने गरेको छ । त्यस कार्यका लागि मन्त्री पौडेलले केहि भ्रष्ट कर्मचारीको साथ लिएका छन् भने आफ्नै एउटा बिचौलिया समुह पनि बनाएका छन् ।
सहयोगी अनलाइन उकेरा डट कमले त मन्त्री पौडेलले आर्थिक अनियमितताको लामो श्रृंखलालाई पाठक माझ पटक पटक उजागर नै गरिसकेकोे छ । उकेराले उजागर गरेको तथ्य र तर्कको खण्डन समेत मन्त्री पौडेलले गर्न सकेका छैनन् । मुलधारका सञ्चार माध्यममा प्रायोजित ढंगबाट आफ्नो छवि राम्रो देखाउन सफल भएका मन्त्री पौडेलको अर्को अध्यारो पाटोको भने पटाछेप हुन सकेको छैन् । पुरा गर्न नसकिने, सस्ता र हलुका स्टण्ट गरेर प्रशंसा कमाएका मन्त्री पौडेल स्वास्थ्य सामग्री खरिदको अनियमिततामा भने चुर्लुम्म डुबेका छन् ।
स्वास्थ्य सेवा विभाग र ठुला अस्पतालहरुमा गरिने उपकरण तथा सामग्रीहरुमा नीतिगत प्रबन्धलाई नै आफु अनुकुल बनाई भ्रष्टाचारको जग तयार पार्ने गरिएको छ । त्यसका लागि मन्त्री पौडेलले आफु अुनकुलका कर्मचारीलाई सरुवा गरेर सेटिङ मिलाएका छन् । सेटिङवाला कर्मचारीको समुहसंग मन्त्रीको विचौलिया समुहले आर्थिक लेनदेनको डिल गरेर भ्रष्टाचार हुने गरेको स्वास्थ्य मन्त्रालय स्रोतको दावि छ ।
स्वास्थ्य सेवा विभाग अन्र्तगतको व्यवस्थापन महाशाखाले खरिद गर्नका लागेको १८ करोडको स्वास्थ्य उपकरणसहितका अन्य खरिद प्रक्रियामा समेत मन्त्री पौडेलले मोटो कमिसनको सुनिश्चिता हुने गरेर मात्र प्रक्रिया अघि बढाउन लगाएका छन् ।
जानकारहरुका अनुसार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा पहिलादेखी नै सेटिङमा भ्रष्टाचार हुँदै आएको छ । मन्त्री पौडेलले भ्रष्टाचारको त्यो जालोलाई अझ व्यवस्थित र मजबुद बनाएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
