Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा


  • बिहिबार, जेष्ठ १ २०८२

  • लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा

    काठमाडौं – लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

    जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij