काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५३ अकंले घटेर २६४९.११ बिन्दुमा कायम भएको छ । आज ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब २० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
बजार घटेपनि आज होटल तथा पर्यटनमा भने उछाल आएको छ । आइतबार होटल तथा पर्यटन समूहको ६.५० प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, विकास बैंकको १.२७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । फाइनान्सको शेयर मूल्य सर्वाधिक ३.७२ प्रतिशतले घटेको छ । पछिल्लो समय फाइनान्स कम्पनीहरुको शेयर मूल्य उतार चडाब आइरहेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
