Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पियोर इनर्जीको आइपीओ बिहीबार बाँडफाँट हुने


  • बुधबार, बैशाख १० २०८२

  • पियोर इनर्जीको आइपीओ बिहीबार बाँडफाँट हुने

    काठमाडौं – पियोर इनर्जी लिमिटेडको आइपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहिबार बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गरिने भएको हो ।

    आइपीओमा अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन भएको थियो । १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १९.०२८ गुणा बढी हो ।

    पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

    जसको आइपीओ १ लाख १९ हजार ५२० जनाले १०।१० कित्ता दरले शेयर हात पार्नेछन् । १८ लाखभन्दा बढीको हात भने रित्तो रहनेछ ।
    क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङ नेपालले २०८१ भदौ १३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २० गतेसम्म बाहल रहनेछ ।

    यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij