काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चलक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँको कुल १५ प्रतिशत नगद लाभांश (करसहित) ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो।
उक्त नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
