काठमाडौं – नेपाली बजारमा चैत २९ गते शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
आज चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
