Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेयर साहले ‘टुकुचामा गाढ्ने’ भनि दिएको एक सातको ‘अल्टिमेटम’ सकियो


  • मंगलबार, चैत्र १९ २०८१

  • मेयर साहले ‘टुकुचामा गाढ्ने’ भनि दिएको एक सातको ‘अल्टिमेटम’ सकियो

    काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले आफ्ना कर्मचारीले एक साता भित्र तलब नपाए संघिय सरकारलाई टुकुचामा गाढ्ने भनि दिएको ‘अल्टिमेटम’ सकिएको छ । एक साताको भाखा राखेर साहले प्रमुख प्रसासकिय अधिकृत पठाउँन वा आर्थिक अधिकार दिन चेतावनी दिएका थिए । तर सरकारले महानगरमा मेयर साहको माग वमोजिमको कुनै निर्णय गरेको छैन ।

    काठमाडौं टावरको नक्सापासमा प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईले भ्रष्टाचार गरेको भन्दै काम गर्न रोक लगाए पछि काठमाडौं महानगर तीन महिना भन्दा बढी समय देखि अस्तव्यस्त छ ।

    संघिय सरकारले गुरागाईलाई काम गर्ने वातावरण दिन पत्र पठाए पनि मेयर शाहले अस्वीकार गरेका छन । यता सरकारले भने महानगरमा गुरगाईको दरवन्दी रहेकाले अर्को पठाउँन नमिल्ने बताउँदै आएको छ ।

    यता महानगर कार्यपालिकाका १८ जनाले बैठक माग गर्दै मेयर साहलाई ज्ञापन पत्र बुझाएका छन भने महानगर कर्मचारीले तलव र अनधिकृत व्यक्तिहरुको दवाव रोक्न माग गर्दै आन्दोलनको तयारी गरेका छन ।

    यो पनि !

    कार्टुन

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij