साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.२४ अकंले बढेर २८९०.२८ बिन्दुका कायम भएको छ । आज ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख रुपैयाँको कारोबार भएको हो ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेका छन् भने म्युचुअल फन्ड समूह घटेको छ। बजार बैंकिङ समूहको २.५३ प्रतिशत, विकास बैंक समूहको ३.८८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ४ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
