काठमाडौं – नेपाली बजारमा फागुन २६ गते, सोमबार सुनको मूल्य बढेको छ । साेमबार सुन मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, साेमबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
