काठमाडौं – नेपाल स्टक एक्चसेञ्ज (नेप्से) १.८६ अकंले बढेर २६८५.७३ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, फाइनान्स र इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । उक्त समूहहरुको क्रमशः १.३३ प्रतिशत, १.५६ प्रतिशत र १.२२ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, जीवन बीमा समूहको ०.४८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको घटेको छ । यो दिन ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
