Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ५.०८ अकंले बढ्यो


  • मंगलबार, माघ ८ २०८१

  • नेप्से ५.०८ अकंले बढ्यो

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०८ अकंले बढेर २६१३.०८ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

    आज फाइनान्स सेक्टरको शेयर मूल्य १.०३ प्रतिशतले घटेको हो । साथै, बैंकिङ समूहको ०.३५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९२ प्रतिशत, व्यापार समूहको २.१० प्रतिशतले शेयर मूल्य घटेको छ । अन्य समूहको भने बढेको छ ।

    आज १०६ कम्पनीको शेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ । आज ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij