काठमाडौं– टोखा नगरपालिका वडा नं. ५ बसुन्धरामा रहेको नौलखा बचत तथा ऋण सहकारी संस्था संकटमा परेको छ । सञ्चालकहरुले नै गैरकानुनी ढंगबाट अपचलन गरी आफ्नो व्यवसायमा लगानी गरेपछि बचतकर्ताको करोडौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ । जसले गर्दा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन् ।
उक्त सहकारीमा बचत गर्ने अधिकांश बचतकर्ता निम्न आय भएका सर्वसाधारण छन् । बजारमा लगानी गरेको ऋणको साँवा ब्याज नउठदा केहि समस्या देखिएको उक्त सहकारीले जनाएको छ ।
कार्यालय र बचतकर्ताको सम्पर्कमा सहकारीको पदाधिकारी सम्पर्कमा छैनन् ।
यता बागमति सहकारी रजिष्टारको कार्यालयले अपचलन गर्ने सहकारीलाई प्रहरी अनुसन्धान मार्फत कारबाही प्रकृया अघि बढाउने जनाएको छ । सबै भन्दा बढि काठमाडौं र ललितपुरमा समस्याग्रस्त सहकारी रहेको कार्यालय बताएको छ । प्रदेश भरी १३७ सहकारीमा बचतकर्ताको रकम अपचलन भएको कार्यालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
