काठमाडौं – नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ८९० रुपैयाँ कायम भएको थियो
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
