Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सेबोनबाट दुई कम्पनीले पाए आइपीओ निस्काशन अनुमति


  • बिहिबार, माघ ३ २०८१

  • सेबोनबाट दुई कम्पनीले पाए आइपीओ निस्काशन अनुमति

    काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट दुई कम्पनीले आइपीओ अनुमति पाएका छन्। सेबोनले पुस ३ गते क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सलाई आइपीओ अनुमति दिएको हो। क्रेस्ट माइक्रो लघु जीवन बीमा कम्पनी हो भने ओम मेगाश्री फर्मास्युटिकल्स औषधि उत्पादन तथा प्रशोधनसँग सम्बन्धित कम्पनी हो।

    अब क्रेस्ट माइक्रो लाइफले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको साधारण शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता शेयर बिक्री खुला गर्नेछ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ। जुन बीमा नियामक बीमा प्राधिकरणले लघु बीमकका लागि तोकेको न्यूनतम चुक्तापुँजी हो। क्रेस्ट माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

    यसैगरी ओम मेगाश्री फर्मास्युटिकल्सले पनि चुक्तापुँजी ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको साधारण शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता शेयर बिक्री खुला गर्नेछ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij