काठमाडौं – आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अकंले घटेर २६०९.६७ बिन्दुमा कायम भएको छ । आज ३०१ कम्पनी ८० लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको १.६० प्रतिशत, फाइनान्स समूहको ३.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
