काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । विहिबार बजार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
