Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दक्षिण कोरियामा विमान दुर्घटना


  • आइतबार, पुष १४ २०८१

  • दक्षिण कोरियामा विमान दुर्घटना

    एजेन्सी – दक्षिण कोरियामा विमान दुर्घटना भएको छ ।१८१ यात्रु बोकेको विमान दक्षिण कोरियाको एक विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

    विमान धावनमार्गबाट चिप्लिएर देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ।

    १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij