Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २८.९१ अकंले बढ्यो


  • सोमबार, पुष ८ २०८१

  • नेप्से २८.९१ अकंले बढ्यो

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९१ अकंले बढेर २६१२.२० बिन्दुमा कायम भएको छ । सूचीकृत ३२८ कम्पनीको ८९ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोडको शेयर कारोबार भएको छ ।

    आज १९४ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ । नौ कम्पनीको भने शेयर मुल्य स्थिर रहेको छ ।

    यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.८४ प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको १.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij