काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ७९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार ७९० रुपैयाँमा किनबेच भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
