काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ५१ .३७ अंकले घटेर २,६३० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ । आज १५ कम्पनीको मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार १३ वटै उपसूचक राताम्य भएका छन्। आज बैंकिङ समूहको १.४९ प्रतिशत, विकास बैंक समूहको २.०३ प्रतिशत, फाइनान्स समूहको ४.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३१ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
