काठमाडौं – नेकपा एमालेले जागरण सभा गर्दा दरवार मार्ग क्षेत्रमा फोहोर गरेको भन्दै काठमाडौं महानगर पालिकाले १ लाख जरिवाना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले सम्बोधन गरेको सत्तारूढ दललाई महानगरले जरिवान गर्न पत्र काटेको हो । महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
