Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सगरमाथा म्युजिक अवार्डमा कालीप्रसाद रिजाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’


  • मंगलबार, कार्तिक २७ २०८१

  • सगरमाथा म्युजिक अवार्डमा कालीप्रसाद रिजाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

    काठमाडौं – छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

    “नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान” भन्ने नाराको साथ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार सम्पन्न समारोहमा गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६९६ रुपैयाँसहित गीतकार रिजाललाई सम्मान अप्रदान गरिएको छ ।

    अवार्ड कार्यक्रममा सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, ८४८ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो भने सगरमाथा कला पत्रकारिता सम्मानबाट नेपाल समाचारपत्रकी सम्वाददाता रश्मि थापालाई सम्मान गरिएको थियो । यस्तै, सगरमाथा शिक्षा सेवा सम्मानबाट शिव थापा, समाजसेवा सम्मानबाट भगवान कार्की सम्मानित हुनुभएको थियो । कलाकार रिना थापामगरलाई पनि सगरमाथा कला सम्मानबाट सम्मान गरिएको थियो अवार्डलाई ज्योती विकास बैंक, महालक्ष्मी विकास बैंक, निर्मल बाटिका एकेडेमी, ओरेन्ज बल प्रालि, कर्मालय ह्यान्डीक्राप्ट र नेपाटपले प्रायोजन गरेको थियो । सगरमाथा म्युजिक अवार्डको पाँच संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ ।

    अवार्ड ‘वीर नेपाली सेना’ बोलको गीतबाट गीता पाण्डे सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, चलचित्र ‘ऐंचो पैंचो’को ‘काले केटाले’बाट आषिश अविरल चलचित्र गीत, ‘जुन मायाको पूजा गरेँ’बाट नारायण थापा पप आधुनिक गायक, ‘सुनौली बिहानी(२’ बाट सञ्जना श्रेष्ठ पप आधुनिक गायिका, ‘हे बरैबाट’ तारा अधिकारी पप आधुनिक गीतकार, ‘एक चिम्टी सिन्दुर’बाट सरोज कोइराला, पप आधुनिक संगीतकार, ‘म हास्दा’बाट सागर खनाल, पप आधुनिक मोडल ‘दुःख टर्‍या’ छैनबाट शिव सुुवेदी, लोक दोहोरी शब्द ‘त्यो मन रुन्छ रुन्न खै’बाट शम्भु कुँवर, लोक दोहोरी लय ‘घुमाउने घर’बाट पुष्प खड्का र ‘ठूली’बाट रजनी गुरुङ, लोक दोहोरी मोडल, ‘जिन्दगी त सँगै’बाट दीपक गिरी, म्युजिक भिडियो छायांकार ‘लमजुङको पानी रसिलो’बाट उमेश गुरुङ, म्युजिक भिडियो निर्देशक ‘जीवनको रेल’बाट वीरेन्द्र भाट विपिन म्युजिक भिडियो सम्पादकको अवार्ड प्राप्त गरेका छन् ।

    समारोहमा संयोजक मनोज थापाले स्वागत मन्तव्य राख्दै सम्मानित र अवार्ड विजेतालाई बधाई ज्ञापन गरेका थिए भने प्रमुख अतिथि कोइरालाले गीतकार कालीप्रसाद रिजाललाई सम्मान गर्न पाउँदा सम्पूर्ण कला जगतका साथै आफू पनि सम्मानित भएको महसुस गरेको सुनाए ।

    कार्यक्रमका सभापति तथा अवार्ड प्रमुख पुरुषोत्तम बस्नेतले केही समयअघि छैटौं संस्करणको अवार्ड थाइल्यान्डको बैंककमा २५ जनाको टोलीसहित भव्यरूपमा सम्पन्न गरेको बताए ।
    दीपज्योति थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन । कार्यक्रमममा वरिष्ठ पत्रकार एंव शान्ति प्रिय, अमर रञ्जित, लायन रामराजा थापा, माधव खरेल, वरिष्ठ पत्रकार डक्बु क्षेत्री, राज लुईटेल, गीतकार बद्री पाण्डे लगायतको उपस्थिती रहेको थियो । जुरी संयोजकमा वरिष्ठ गीतकार बद्री पाण्डे रहेका थिए भने सदस्यहरुमा कलाकार यज्ञराज गिरी (राज टाइटर), साउण्ड मिक्सिर मनोज परियार रहेका थिए ।

    अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो ।

    यस अघि थाइल्याण्डको बैंककमा भएको अवार्डमा लोकदोहोरी गायकको अवार्ड फुलको माला गीतबाट उद्धव कार्कीले तथा सोही विधाको जुरी अवार्ड भाग्यमा विछोड गीतबाट राजु सापकोटालाई प्रदान गरिएको छ । पप आधुनिक गायकको अवार्ड जुन मायाको पुजा गरे गीतबाट नारायण थापाले, सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड सोल्टीनीको रेशमी केश गीतबाट तृष्णा घर्ती मगरले, यसै विधामा जुरी अवार्ड मुस्कानै मिठो गीतबाट सिमा थापाले, लोकपप गायिकाको अवार्ड चुम्पा चपक्कै गीतबाट सुमि पराजुलीले, लोकपप गायकको अवार्ड उमेर सत्र भयो गीतबाट राजेश बर्देवाले, पप आधुनिक युगल गायनको अवार्ड मलाई मन परेको मान्छेबाट दिपक चौंलागाईले प्राप्त गरेका छन् । त्यस्तै नव प्रतिभा गायनमा मलाई तिमी हौ गीतबाट रोम श्रेष्ठले अवार्ड पाएका छन् । आधुनिक महिला मोडलको अवार्ड माया गरेउ गीतबाट प्रतिक्षा काफ्लले, पप महिला मोडलको अवार्ड कसम होला गीतबाट दिया जिसीले, नव मोडल महिलामा कास्कीको फेवातालबाट मुना भुर्तेलले, नव मोडल पुरुषमा जीन्दगानी छोटो छ गीतबाट प्रताप मर्दन बस्न्यातले अवार्ड जित्न सफल भएका छन् ।

    कार्यक्रममा सगरमाथा कला सम्मानबाट कलाकार सविना आचार्य, सोनिया राई र गायक विकी सिन्चौरी सम्मानित भए । सिन्चौरी थाई नागरिक भए पनि नेपाली गीत गाएर चर्चामा आएका थिए ।

    त्यस्तै सगरमाथा आर्थिक पत्रकारिता अवार्ड अर्थ सरोकार डटकमका पत्रकार सरोज प्याकुरेललाई प्रदान गरियो । सगरमाथा आर्थिक पत्रकारिता सम्मानबाट सुदर्शन श्रेष्ठ र सगरमाथा सम्मानबाट हेमेन्द्र घर्तीमगर सम्मानित भए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij