Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?


  • सोमबार, कार्तिक ५ २०८१

  • सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच  ?

    काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । त्यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो। आईतबारको बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij