Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यले फेरि बनायो रेकर्ड


  • बुधबार, असोज ३० २०८१

  • सुनको मूल्यले फेरि बनायो रेकर्ड

    काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको मुल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, यो दिन चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij