Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ३२.८१ अकंले घट्यो, ४ अर्ब ८४ करोडको कारोबार


  • बिहिबार, असोज १० २०८१

  • नेप्से ३२.८१ अकंले घट्यो, ४ अर्ब ८४ करोडको कारोबार

    काठमाडौं- नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२.८१ अकंले घटेर २४८६.७६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।

    बिहिबार ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१५ प्रतिशत, विकास बैंक समूहको १.१७ प्रतिशत, फाइनान्स समूहको २.०७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij