Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ४९.१८ अकंले बढ्यो


  • बुधबार, असोज ९ २०८१

  • नेप्से ४९.१८ अकंले बढ्यो

    काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढेर २५१९.५७ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज २२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य १८ घटेको छ ।

    बुधबार १२ वटा उपसूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको २.७५ प्रतिशत, वाणिज्य बैंक समूहको १.८० प्रतिशत, फाइनान्स समहको ३.८० प्रतिशत, होटल तथा पर्यटन समूहको ३.५० प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij