Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ५९.०२ अकंले घट्यो,५ अर्ब ६६ करोडको कारोबार


  • सोमबार, असोज ७ २०८१

  • नेप्से ५९.०२ अकंले घट्यो,५ अर्ब ६६ करोडको कारोबार

    काठमाडौं – आज साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.०२ अकंले घटेर २५२९.३३ बिन्दुमा कायम भएको छ । आज १४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको १.२७ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, फाइनान्स समूहको ५.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
    आज सबैभनदा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij