काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अकंले बढेर २६८८.३८ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको २.६६ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ३.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५० प्रतिशतसहित १२ उपसूचकमा सुधार देखिएको हो ।
यसदिन ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २२९ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मात्र घटेको हो ।
आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
