Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ६.७० अंकले बढ्यो, २० अर्बको कारोबार


  • बिहिबार, साउन २४ २०८१

  • नेप्से ६.७० अंकले बढ्यो, २० अर्बको कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको हो ।

    बिहीवार ६ वटा उपसूचकमा हरियाली देखिएको छ । यस दिन उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ट, हाइड्रोपावर, ट्रेडिङ, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बढेको हो । बाँकी अन्य उपसूचक भने घटेका छन् ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २० करोडको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij