Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आईजीआई र बालाजु अटोबीच सम्झौता


  • शुक्रबार, साउन १८ २०८१

  • आईजीआई र बालाजु अटोबीच सम्झौता

    काठमाडौं – अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस र अग्नि हायेर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।

    बालाजु अटो वर्कस कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सो अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका वाग्मती प्रदेश प्रमुख (उपत्यकाभित्र) श्रीराम भण्डारी, गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारी, अग्नि ग्रुप तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरू उपस्थित थिए ।

    समझौतापछि महिन्द्राका ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बिमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने छन् । महिन्द्रा फोर ह्विलरको नेपालका लागि अधिकृत बिक्रेता हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij