Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा नयाँ रेकर्ड


  • सोमबार, असार ३१ २०८१

  • सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मुल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij