Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने


  • सोमबार, जेष्ठ २८ २०८१

  • ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

    काठमाडौं – ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीले प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

    सभा आगामी असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र शंशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    यसैगरी अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गरिने छ ।

    साथै, सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव पनि पारित गरिने कम्पनीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij