काठमाडौँ – नेपाली बजारमा शुक्रवारका दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको २ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १५ रुपैंयाले बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
