Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य घट्यो


  • मंगलबार, बैशाख ११ २०८१

  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ- आज मंगलबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको हो ।

    सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रति तोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज तेजावी सुनको मूल्यमा समेत गिरावट आएको छ । आज तेजावी सुन तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यता, चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ। मङ्गलवार चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपियाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij