Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने


  • सोमबार, बैशाख ३ २०८१

  • ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

    काठमाडौं – ग्लोबल आइएमई बैङ्क लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैङ्कको क्रेडिट कार्ड बाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।

    आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, वाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको हो  ।

    बैङ्कले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० रुपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैङ्कको क्रेडिट कार्ड बाहकहरूले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सकिनेछ ।

    साथै, यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहनेलाई बैङ्कले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउनुहुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij