काठमाडौं – आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ८५ अंकले घटेर २,०१० को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज गुराँस लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, उपकार लघुवित्तको ८.६४ प्रतिशत,वीन नेपाल लघुवित्तको ६.९४ प्रतिशतले शेयर मूल्य बढेको हो ।
त्यस्तै, आज ज्योति विकास बैंक बोन्ड २०८७ को ७.५० प्रतिशत, मनकामना हाइड्रोपावरको ५.२८ प्रतिशत र तारागाउँ होटलको ४.९४ प्रतिशतले शेयर मूल्य घटेको हो ।
मंगलबार ७ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१८ प्रतिशत, विकास बैंक समूहको ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५७ प्रतिशत र हाइड्रोपावर समूहको ०.७९ प्रतिशतले शेयर मूल्य घटेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
