Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल एसबिआई मर्चेण्ट बैंकिङद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न


  • बिहिबार, चैत्र ८ २०८०

  • नेपाल एसबिआई मर्चेण्ट बैंकिङद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं – नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा सरस्वती बहुमुखी क्याम्पस ठमेलमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल एसबीआई बैंक ठमेल शाखाको सहकार्यमा उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा ६० भन्दा बढि विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङका लगानी तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडा र एसबीआई बैंक ठमेल शाखाका प्रबन्धक सन्तोष चौलागाईले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
    नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij