Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा नयाँ कीर्तिमान


  • आइतबार, फाल्गुन २७ २०८०

  • सुनको मूल्यमा नयाँ कीर्तिमान

    काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनले गत बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुन नयाँ रेकर्ड बनाएको हो।
    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत बिहीबार सुनले नयाँ रेकर्ड बनाएको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो।

    त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ। सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा यस दिन चाँदीको मूल्य पनि सामान्य बढेको छ। गत शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij