काठमाडौं – सर्वोत्तम सिमेन्टले आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा आज बिहान आईपीओ बाँडफाँड गरिएको हो।
यो आईपीओमा मागभन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा ९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् । ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् । बाँकी रहेको २६ कित्ता सेयर २६ जनाले थप १–१ कित्ताका दरले प्राप्त छन्। यो आईपीओमा ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गरेको हो। सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आईपीओ बिक्री गरिएको थियो।
सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा आयोजना प्रभावितलाई जारी गर्दा बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्तासमेत जोडिएको थियो। सर्वोत्तम सिमेन्टले कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएका थिए। त्यसमा १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ।
आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइड https://www.globalimecapital.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
