काठमाडौं -आइतबार दिन तोलामा २ हजार रुपैयाँले बढेको सुनको मुल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण रहेको छ ।
यता, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मुल्य तोलाको १४ सय १० रुपैयाँ कायम रहेको छ । आइतबार पनि सुनचाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
