Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु महालक्ष्मी लाइफको सिइओमा प्रसाई नियुक्त


  • शुक्रबार, फाल्गुन १८ २०८०

  • प्रभु महालक्ष्मी लाइफको सिइओमा  प्रसाई नियुक्त

    काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)   सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीको निमित्त कार्यकारी सीईओका रुपमा कार्यरत रहेका प्रसाईले सीईओको जिम्मेवारी पाएका हुन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले प्रसाईलाई नियुक्ती दिएको हो । प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती दिएको हो । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

    उनीसँग बीमा क्षेत्रको नियमनकारी निकाय (नेपाल बीमा प्राधिकरण), नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, तत्कालिन प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा पनि काम गरेको अनुभव छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij