काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले कमलविनायक र थलीमा गरी २ ओटा शाखा संचालनमा ल्याएको छ । बैंकले गागेश्वरी मनहरा नगरपालिका ५ थली र भक्तपुर नगरपालिका १० कमलविनायक मा नयाँ शाखा संचालनमा ल्याएको हो ।
नयाँ दुई शाखाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सो क्षेत्रका जनतालाई उत्कृष्ठ बैंकिङ सेवा दिने बताए ।
बैंकको हाल देशभर २७० शाखा संचालनमा ल्याएका छ भने ६३ एक्टेन्सन काउन्टर संचालन गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
