Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइतवारदेखि सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणको लागि निष्काशन हुँदै


  • शुक्रबार, फाल्गुन ११ २०८०

  • आइतवारदेखि  सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणको लागि निष्काशन हुँदै

    काठमाडौं- सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबार फागुन १३ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

    कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मुल्यमा आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ ।

    उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij