काठमाडौं – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्मचारीको माग गरेको छ । जनक शिक्षा सामग्री केन्द्र, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारीको माग गरेको हो ।
कम्पनीले प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना कर्मचारी माग गरेको छ ।
जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनाअनुसार आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी कर्मचारीको माग गरेको हो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
