Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुई राउण्ड गोली तथा लागूऔषधसहित चार जना पक्राउ


  • बिहिबार, माघ २५ २०८०

  • दुई राउण्ड गोली तथा लागूऔषधसहित चार जना पक्राउ

    ललितपुर- महालक्ष्मी नगरपालिका-६ चागाँथलीबाट ९ एमएमको गोली २ राउन्ड तथा अवैध लागूऔषधसहित सोही नगरपालिका-७ चाँगाथली बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका ३२ वर्षीय सुरेश उप्रेती समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली, अवैध लागूऔषध ब्राउनसुगर करिब १४ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्रोजन ९ ट्याव्लेट, स्पाम्स १४ ट्याव्लेट, डिजिटल तराजु १ थान, फलामको नक १ थान, मोबाइल ८ थान, एटिएम कार्ड ४ थान, चेक बुक ३ थान, कृषि विकास बैंकको साईन गरेको २ हजारको चेक, एनआइसी एसिया बैंकको साईन गरेको २ हजारको चेक, आइएमई कार्ड १ थान र नगद ५ हजार ३ सय ७५ रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij