Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नक्कली रक्सी बनाउनेको सक्कली कहानी !


  • बुधबार, माघ ३ २०८०

  • नक्कली रक्सी बनाउनेको सक्कली कहानी !

    काठमाडौं, काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको अभियोगमा ९ जनालाई मंगलबार पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप खाँडादेबी गाउँपालिका-२ घर भएका ३६ वर्षीय बिनोद कुमार कार्की र  सिन्धुली कमलामाई नगरपालिका-७ घर भएका ४० वर्षीय लेख बिक्रम थापा तथा काठमाडौं मुलपानी बस्नेहरू रामेछाप खाँडादेबी गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, रामेछाप मजुवा गाउँपालिका-३ घर भएका २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेबी गाउँपालिका-२  घर भएका २० वर्षीय मनिस खत्री, सिन्धुली कमलामाई नगरपालिका-९ घर भएका २८ वर्षीय गौरव तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका-३ घर भएका २७ वर्षीय मोहन खड्का, सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भएका १८ वर्षीय किशोर र काठमाडौं कागेश्वरी मनोहरा-६ घर भएका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।

     

    विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-५ थलिस्थित बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा तलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन गोल्ड मदिरा, मदिरा बनाउन प्रयोग गर्ने समानहरु, चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, राजश्व अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामग्रीहरूसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

     

    उनीहरूले स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिराहरू बनाई कालो बजारी गर्ने गरेको, अन्तरिक राजश्वको अन्त शुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेको, नक्कली मदिरा संचालकहरूले उक्त स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिराहरू प्रचलित बजार दरभाउ भन्दा कम मुल्यमा बेचविखन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

     

    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij