काठमाडौं – साताको अन्तिम कारोबारको दिन नेप्से सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ६२ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आ
आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ अर्थात १० प्रतिशतका दरले कमाएका छन् । आज ६ वटा कम्पनीका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतदेखि ९ दशलमव ९९ प्रतिशतसम्म कमाएका छन् ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
