काठमाडौं – ललितपुरको बालकुमारीमा गत शुक्रवार प्रहरीको गोली लागी मृत्यु भएका वीरेन्द्र शाह र सुजन रावतको शव नेपाली सेनाको स्काई ट्रकवाट सुर्खेत लगिएको छ । शाह अछामका हुन भने रावत दैलेखका हुन । सुर्खेतबाट उनीहरूको शव दैलेख र अछाम लगिने छ ।
दक्षिण कोरियामा रोजगरीमा जाने विषयमा आन्दोलन हुँदा प्रहरीले चलाएको गोली लागी उनीहरूको मृत्यु भएको हो । सरकारले घटनाको छानविन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।




""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
