Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द


  • मंगलबार, मंसिर २६ २०८०

  • क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द

    काठमाडौं – क्यासवे मनी ट्रान्सफर प्रालिको विप्रेषण कारोबार बन्द गरिएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गरिएको जानकारी गराएको हो। काठमाडौंको भेँडासिङमा रहेको क्यासवेलाई नेपाल राष्ट्र बैंक, विप्रषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम–३१, उपविनियम (१)बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

    कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबारमात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकरी दिन पनि सूचनामा आग्रह गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij