काठमाडौं – नेपाली बजारमा सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । छापावाल सुन तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन तोलाको एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ५४५ रुपैयाँ तोकिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
